नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ।
शिखर इन्स्योरेन्सको १० प्रतिशतका दरले हुन आउने २६ लाख ८१ हजार ५१८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।