फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले काठमाडौं निर्वाचन क्षेत्र नं. ६ बाट उम्मेदवारको नाम सिफारिस गरेको छ।
प्रत्यक्षतर्फको उम्मेदवारमा व्यवसायी र पार्टीको अर्थ तथा योजना विभागका केन्द्रीय सदस्य अम्बिर बोगटी र पूर्व विद्यार्थी नेता हिमाल शर्मा रहेका छन्। बोगटीसँग बैंकिङ, पुँजी बजार, उद्योग लगायत आर्थिक क्षेत्रको व्यापक अनुभव छ भने उनी साबिक सिभिल बैंक (हाल हिमालयन बैंक) का पूर्व अध्यक्ष पनि हुन्।
साढे तीन दशकदेखि पोल्ट्री फीड उत्पादनमा संलग्न बोगटी इन्भेस्टमेन्ट र ट्रेडिङ कम्पनीहरूमा पनि संलग्न छन्।
प्रतिनिधि सभा समानुपातिकतर्फ पार्टीले रविन्द्र श्रेष्ठ, रामकुमार थापा र पार्वती थापा लाई सिफारिस गरेको छ भने राष्ट्रिय सभा सदस्यतर्फ धनलाल महर्जन को नाम सिफारिस गरिएको छ।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया