सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने भोली मंसिर २२ गते अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरणका लागि बैंकले मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बुक क्लोज गर्ने भएको छ। जस अनुसार मंसिर २२ गतेसम्म कायम सेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्। बैंकले ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
उक्त लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस ७ गते सोमबार अमृतभोग कालिकास्थान, काठमाडौंमा एकोक्काइसौं वार्षिक साधारण सभा बोलाएको छ। सभाले लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नुका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुत्तल गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया