संघीय निजामती सेवा विधेयकमा उल्लेखित कुलिङ पिरियडको व्यवस्था हेरफेर सम्बन्धी प्रकरण छानबिन गर्न गठित विशेष समितिको सदस्यहरूको नाम टुंगिएको छ।
यस समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई-दुई जना तथा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक-एक जना गरी कुल सात सदस्य रहनेछन्। सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार, नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायण प्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य रहेको जानकारी दिइएको छ।
सभामुख घिमिरेले प्रतिनिधिसभाको आजको बैठकमा विशेष समितिको औपचारिक घोषणा गर्ने जनाइएको छ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया