गोर्खा मिडिया नेटवर्कसहित ७ संस्थालाई बक्यौता बुझाउन सात दिनको अल्टिमेटम

गोर्खा मिडिया नेटवर्कसहित ७ संस्थालाई बक्यौता बुझाउन सात दिनको अल्टिमेटम

सूचना तथा प्रसारण विभागले समयमै इजाजतपत्र नवीकरण नगर्ने तथा प्रसारण र वितरण शुल्क नबुझाउने सात वटा सञ्चार संस्थाहरूमाथि कारबाहीको चेतावनी दिएको छ ।

विभागले एक सूचना जारी गर्दै गोर्खा मिडिया नेटवर्क र अन्नपूर्ण ब्रोडकाष्ट मिडिया प्रालि सहितका संस्थाहरूलाई सात दिनभित्र सम्पर्कमा आउन र बाँकी बक्यौता रकम बुझाउन निर्देशन दिएको हो ।

राष्ट्रिय प्रसारण नियमावली, २०५२ अनुसार इजाजतपत्रको अवधि एक आर्थिक वर्ष रहने र सो अवधि समाप्त हुनुअघि नै नवीकरण गर्नुपर्ने व्यवस्था छ । तोकिएको समयभित्र नवीकरण नगरे ६ महिनासम्म जरिवाना तिरेर नवीकरण गर्न सकिने र त्यस अवधिमा पनि नवीकरण नगरे इजाजतपत्र स्वतः रद्द हुने कानुनी प्रावधान छ ।

विभागका अनुसार महालेखा परीक्षकको कार्यालयको निर्देशन तथा अघिल्लो पत्राचारका बाबजुद पनि सम्बन्धित संस्थाहरूले हालसम्म बक्यौता रकम दाखिला गरेका छैनन् ।

नवीकरण नगर्ने र बक्यौता नबुझाउने संस्थाहरूमा गोर्खा मिडिया नेटवर्क प्रालि, उपकार मिडिया ग्रुप प्रालि, बलभद्र मिडिया प्रालि, अन्नपूर्ण ब्रोडकाष्ट मिडिया प्रालि, सयपत्री मिडिया प्रालि, सोसाइटल मिडिया प्रालि र टिम टेलिभिजन प्रालि रहेका छन् ।

विभागले सूचना प्रकाशित भएको मिति २०८३ असार ४ गतेबाट सात दिनभित्र नवीकरण प्रक्रिया पूरा गर्न र बक्यौता रकम बुझाउन अन्तिम पटक अनुरोध गरेको छ । तोकिएको समयभित्र प्रक्रिया पूरा नभए थप कानुनी कारबाही अघि बढाइने चेतावनी समेत दिएको छ ।

WhatsApp Image 2026 06 18 at 13.46.25 https://bajarkochirfar.com/seven-day-ultimatum-to-7-organizations-including-gorkha-media-network-to-pay-dues | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स