फागुन १८ गतेदेखि स्वरोजगार लघुवित्तको एफपीओ खुल्दै
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ। कम्पनीले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गर्न लागेको हो, जसको अङ्कित मूल्य १०० रुपैयाँ तोकिएको छ।
एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्कासन बन्द हुने मिति छिटोमा फागुन २१ गते र ढिलोमा चैत ३ गते तोकिएको छ। इक्रा नेपालले संस्थालाई ‘ICRANP-IR)BB-’ रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिम रहेको संकेत गर्छ।
लगानीकर्ताले सि-आस्वा प्रणाली तथा मेरो सेयर अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।