गभर्नर नियुक्तिमा मोलमोलाई भएपछि छनौट समितिका सदस्य विजयनाथ भट्टराईले दिए राजिनामा

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ९ गते
गभर्नर नियुक्तिमा मोलमोलाई भएपछि छनौट समितिका सदस्य विजयनाथ भट्टराईले दिए राजिनामा

नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्ति प्रक्रियामा ढिलाइ भएको छ। एक महिनादेखि सिफारिस समितिको बैठक बस्न नसक्दा पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन्।

राजनीतिक सहमति भए पनि अर्थमन्त्रीको संयोजकत्वमा गठित समितिले बैठक नगरेको कारण गभर्नर नियुक्ति प्रक्रिया प्रभावित भएको हो। ११ चैतमा गठित समितिले अझै बैठक बोलाउन सकेको छैन। गभर्नरको पद २४ चैतदेखि रिक्त छ, र राष्ट्र बैंक ऐनअनुसार गभर्नर नियुक्त हुनु आवश्यक थियो।

यस ढिलाइको कारण राष्ट्र बैंकको प्रतिष्ठामा प्रश्न उठिरहेका छन् ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स