नेपाल धितोपत्र बोर्डले पहिलोपटक अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशनको अनुमति नबिल बैंकलाई दिएको छ। बोर्डले नबिल बैंकलाई ५ अर्ब रुपैयाँ बराबरको ५ करोड कित्ता सेयर निष्काशन गर्न अनुमति दिएको हो। यसअन्तर्गत प्रत्येक सेयरको अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ। बैंकले यसमा ८ प्रतिशत लाभांश प्रदान गर्नेछ।
यस सेयरलाई “८% नबिल अविमोच्य असञ्चिति अग्राधिकार सेयर ” नाम दिइएको छ र परिपत्र विधिबाट बिक्रीका लागि स्वीकृति प्राप्त भएको हो। निष्काशनको लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ। विशेषता अनुसार, यो सेयरको भुक्तानी अवधि निश्चित नभएको भए पनि निश्चित प्रतिशतको लाभांश दिन सक्ने पुँजी बजार उपकरण हो। यसमा केवल संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न पाउने व्यवस्था छ। व्यक्तिगत लगानीकर्ता, सामूहिक लगानी योजना र बोर्डबाट अनुमति प्राप्त धितोपत्र व्यवसायीहरूले लगानी गर्न सक्ने छैनन्।
नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार, भविष्यमा संस्थापक समूहको साधारण सेयरमा रूपान्तरणको सम्भावना रहेको छ। कम्पनीले मात्र लाभ कमाएको वर्षमा लाभांश वितरण गर्न सक्ने भएकाले यसलाई “असञ्चिति प्रकृतिको अग्राधिकार सेयर” भनिएको हो।




















प्रतिकृया