नेपाल धितोपत्र बोर्डले अक्षय कोषमा रहेको लगानीयोग्य रकमलाई ६ महिने अवधिका लागि मुद्दतीमा राख्न ‘क’ वर्गका वाणिज्य बैंकहरूबाट प्रस्ताव आह्वान गरेको छ। यसका लागि इच्छुक बैंकहरूले ६ महिने ब्याज दरसहित आजको मितिले ३ कार्यदिनभित्र शिलबन्दी प्रस्ताव पेश गर्नुपर्नेछ।
बोर्डले शिलबन्दी फाराम बोर्डको वेबसाइटबाट प्राप्त गर्न सकिने जानकारी दिएको छ। साथै, प्रस्तावसँग सम्बन्धित थप जानकारीका लागि बोर्डको लेखा तथा वित्त शाखामा सम्पर्क गर्न भनिएको छ। प्रस्ताव पेश गरिएको शिलबन्दी सोही दिन अपरान्ह १ः३५ बजे बोर्डको कार्यालय खुमलटारमा खोलिने जनाइएको छ।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया