साउदी अरेबियाले भारतसहित १४ देशमाथि भिसा प्रतिबन्ध लगायो



Advertisement
Ads

साउदी अरेबियाले भारत, पाकिस्तान, बंगलादेश र अन्य ११ देशहरूको नागरिकमाथि अस्थायी रूपमा भिसा प्रतिबन्ध लगाएको छ। यस प्रतिबन्धमा उमराह भिसा, व्यापार भ्रमण भिसा र पारिवारिक भ्रमण भिसा समावेश छन्।

साउदी अधिकारीहरूले यो प्रतिबन्ध हज यात्रामा अनियन्त्रित भिडलाई व्यवस्थापन गर्नका लागि लागू गरेको जनाएका छन्। प्रतिबन्ध आगामी जून महिनाको मध्यसम्म जारी रहनेछ, जसबेला हज यात्रा समाप्त हुनेछ।


Advertisement

सन् २०२४ मा हज यात्रामा १,२०० भन्दा बढी तीर्थयात्रिहरूको मृत्यु भएको थियो, जसमा धेरै अनधिकृत तीर्थयात्रीहरू थिए। साउदी अरेबियाले उमराह र भ्रमण भिसामा अनधिकृतरूपमा बस्ने तीर्थयात्रीहरूको रोकथाम गर्नका लागि यो कदम चालेको बताइएको छ।

भिसा प्रतिबन्ध लागू भएका देशहरू:

  1. भारत

  2. पाकिस्तान

  3. बंगलादेश

  4. इथियोपिया

  5. अल्जेरिया

  6. इन्डोनेसिया

  7. इराक

  8. जोर्डन

  9. नाइजेरिया

  10. इजिप्ट

  11. सुडान

  12. ट्युनिसिया

  13. यमन

  14. मोरोक्को

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर