साउदी अरेबियाले भारत, पाकिस्तान, बंगलादेश र अन्य ११ देशहरूको नागरिकमाथि अस्थायी रूपमा भिसा प्रतिबन्ध लगाएको छ। यस प्रतिबन्धमा उमराह भिसा, व्यापार भ्रमण भिसा र पारिवारिक भ्रमण भिसा समावेश छन्।
साउदी अधिकारीहरूले यो प्रतिबन्ध हज यात्रामा अनियन्त्रित भिडलाई व्यवस्थापन गर्नका लागि लागू गरेको जनाएका छन्। प्रतिबन्ध आगामी जून महिनाको मध्यसम्म जारी रहनेछ, जसबेला हज यात्रा समाप्त हुनेछ।
सन् २०२४ मा हज यात्रामा १,२०० भन्दा बढी तीर्थयात्रिहरूको मृत्यु भएको थियो, जसमा धेरै अनधिकृत तीर्थयात्रीहरू थिए। साउदी अरेबियाले उमराह र भ्रमण भिसामा अनधिकृतरूपमा बस्ने तीर्थयात्रीहरूको रोकथाम गर्नका लागि यो कदम चालेको बताइएको छ।
भिसा प्रतिबन्ध लागू भएका देशहरू:
भारत
पाकिस्तान
बंगलादेश
इथियोपिया
अल्जेरिया
इन्डोनेसिया
इराक
जोर्डन
नाइजेरिया
इजिप्ट
सुडान
ट्युनिसिया
यमन
मोरोक्को













![Nepse Gap Fill नगरी माथि जान सक्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/l0iAiQQCcl4-maxresdefault-150x150.jpg)

![घरजग्गा मार्फत कसरी हुन्छ सम्पत्ति शुद्धिकरण ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/r-yxcMlaEZg-maxresdefault-150x150.jpg)


प्रतिकृया