लाभांश पारित गर्न सर्वोत्तम सिमेन्टको साधारण सभा भोलि बस्दै, कति दिदैछ लाभांश ?
लाभांश पारित गर्न सर्वोत्तम सिमेन्टको साधारण सभा भोलि बस्दै छ। कम्पनीको भोलि पुस २६ गते साधारण सभा होटल भिलासा, भैरहवा रुपेन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।
साधारण सभाबाट कम्पनीले बोनस सेयर र नगद गरि कुल १० प्रतिशत लाभांश प्रस्ताव पारित गर्दैछ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३ प्रतिशतले हुन आउने १३ करोड ९५ लाख रुपैयाँ नगद लाभांश घोषणा गरेको थियो। सोहि लाभांश साधारण सभा बाट पारित हुनेछ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ। जस अनूसार बुक क्लोजअघि कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउनेछन्।