लाभांश पारित गर्न सर्वोत्तम सिमेन्टको साधारण सभा भोलि बस्दै, कति दिदैछ लाभांश ?

लाभांश पारित गर्न सर्वोत्तम सिमेन्टको साधारण सभा भोलि बस्दै, कति दिदैछ लाभांश ?

लाभांश पारित गर्न सर्वोत्तम सिमेन्टको साधारण सभा भोलि बस्दै छ। कम्पनीको भोलि पुस २६ गते साधारण सभा होटल भिलासा, भैरहवा रुपेन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।

साधारण सभाबाट कम्पनीले बोनस सेयर र नगद गरि कुल १० प्रतिशत लाभांश प्रस्ताव पारित गर्दैछ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३ प्रतिशतले हुन आउने १३ करोड ९५ लाख रुपैयाँ नगद लाभांश घोषणा गरेको थियो। सोहि लाभांश साधारण सभा बाट पारित हुनेछ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ। जस अनूसार बुक क्लोजअघि कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउनेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स