सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १०.७७ प्रतिशतले बढेर ३३ करोड ७६ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
नाफामा परिवर्तन हुनुको मुख्य कारण खुद ब्याज आम्दानी तथा कुल आम्दानीमा वृद्धि हुनु हो।खुद बिमा शुल्क आर्जन १५.८८ प्रतिशतले बढेर ४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। त्यस्तैगरी कम्पनीको कुल आम्दानी १७.२४ प्रतिशतले बढेर ६ अर्ब १२ करोड रुपैयाँमा पुगेको छ भने कुल खर्च ४ अर्ब ९२ करोड रुपैयाँबाट बढेर ५ अर्ब ७८ करोड रुपैयाँमा पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोष ४४ प्रतिशतले बढेर १७ अर्ब ८१ करोड रुपैयाँमा पुगेको छ।कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ भने महाविपत्ति कोषमा साढे १ करोड रुपैयाँभन्दा बढी र जगेडा कोषमा करीब ३१ करोड रुपैयाँ सञ्चित छ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) अघिल्लो वर्षको ९.७१ रुपैयाँबाट घटेर ८.९८ रुपैयाँमा पुगेको छ। यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ११०.६० रुपैयाँ रहेको छ।




















प्रतिकृया