लाभांश पारित गर्न सानिमा रिलायन्स लाइफको साधारण सभा भोलि बस्दै, कहिलेसम्म कायम सेयरधनीले लाभांश पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ७ गते
लाभांश पारित गर्न सानिमा रिलायन्स लाइफको साधारण सभा भोलि बस्दै, कहिलेसम्म कायम सेयरधनीले लाभांश पाउने ?

सानिमा रिलायन्स लाइफको आठौं वार्षिक साधारणसभा भोलि नयाँ बानेश्वरस्थित अनमोट बैंक्वेटमा बिहान ११ बजेदेखि बस्दैछ। सभाले चुक्ता पूँजीको १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ। बोनस सेयर वितरणपछि पूँजी बढ्ने भएकाले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ।

साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन २६ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा फागुन २५ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स