सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा १९,४४३.७ प्रतिशतले बढेर ४० करोड ५५ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २० लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको नाफा विद्युत बिक्री आम्दानी बढेसँगै बढेको हो। कम्पनीको विद्युत बिक्री आम्दानी ४५९.८० प्रतिशतले बढेर १ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३३ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ ३३ करोड २५ लाख रुपैयाँ रहेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी ६ पैसाबाट बढेर १२ रुपैयाँ १७ पैसा पुगेको छ। यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ३ पैसा र मूल्य आम्दानी अनुपात ४२.५२ गुणा कायम भएको छ।
अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया