सानिमा माई हाइड्रोपावरले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ। सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित खुद मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३ अर्ब ३९ करोड ८१ लाख ७६ हजार १०० रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने ३३ करोड ९८ लाख १७ हजार ६१० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ७८ लाख ८५ हजार १३७.३७ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आफ्नो १३ औँ वार्षिक साधारणसभा आउँदो पुस २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सोही सभाले लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्।सभाले समान उद्देश्य भएका अन्य उपयुक्त कम्पनीसँग मर्जर प्रक्रिया अगाडि बढाउन आवश्यक पर्ने सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनार्थ कम्पनीले पुस ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार पुस ८ गतेसम्म कायम सेयरधनीहरु मात्रै प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।














प्रतिकृया