सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारणसभा आगामी चैत २१ गते बस्दैछ। सभा काठमाडौंको कालिकास्थान, अमृतभोगमा बिहान ११ बजे सुरु हुनेछ।सभामा ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९४७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ।
साथै, २५ प्रतिशत हकप्रद सेयर संशोधन गरी १७ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि पारित गरिनेछ। हकप्रद निष्काशनपछि कम्पनीको जारी तथा चुक्ता पूँजी बढ्ने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गरिनेछ।अन्य एजेन्डाहरूमा सञ्चालक समितिको बैठक भत्ता संशोधन, गत आर्थिक वर्षका वित्तीय विवरण पारित गर्ने, र चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समावेश छन्।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ८ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार चैत ७ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।



















प्रतिकृया