सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गर्ने आईपीओको मिति परिवर्तन गरेको छ। यसअघि कम्पनीले जेठ १४ गतेदेखि २० गतेसम्म आईपीओ बिक्री खुला गर्ने जनाएको थियो। अब भने आईपीओ जेठ १८ गतेदेखि २१ गतेसम्म निष्काशन हुने भएको छ।
नेपाल सरकारले बकर ईद (ईद–उल–अज्हा) पर्वका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेपछि जेठ १४ देखि १७ गतेसम्म लगातार चार दिन बिदा पर्ने भएकाले कम्पनीले आईपीओ निष्काशनको तालिका संशोधन गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४६ लाख ७४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ। आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
यदि जेठ २१ गतेसम्म मागअनुसार आवेदन नपरेमा निष्काशन अवधि असार १ गतेसम्म लम्बिनेछ। आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सम्हालिरहेको छ।










![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)





![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया