सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ३९ हजार ९४४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा हाल बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले आज फागुन २७ गतेबाट ३५ दिनभित्र काठमाडौंको बालुवाटरस्थित बैंकको केन्द्रीय कार्यालयमा गएर सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई उक्त सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।


















प्रतिकृया