लाभांश पारित गर्न साल्ट ट्रेडिङ्ग कर्पोरेसनले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

लाभांश पारित गर्न साल्ट ट्रेडिङ्ग कर्पोरेसनले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफ्नो ५९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको वैशाख २९ गते बसेको बैठकले आगामी जेठ २९ गते काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सभा गर्ने निर्णय गरेको हो।

सभामा गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीलाई ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, ऋण सुविधा लिने विषयमा समेत छलफल गरी निर्णय गरिनेछ।

त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी अनुमोदन गरिनेछ। आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभामा पेश गरिनेछ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ १३ गतेदेखि जेठ २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार जेठ १२ गतेसम्म नेप्सेमा कारोबार भई नाम कायम भएका सेयरधनीहरू मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।

salt trading 10 dividend notice 1778726407662 https://bajarkochirfar.com/salt-trading-corporation-calls-general-meeting-to-approve-dividend-when-will-the-book-close | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स