एसोसियट सदस्यमा सचिन ढकाललाई सर्वाधिक मत, अम्बिका पौडेलसहित यी हुन् जित्ने १७ जना

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २३ गते
एसोसियट सदस्यमा सचिन ढकाललाई सर्वाधिक मत, अम्बिका पौडेलसहित यी हुन् जित्ने १७ जना

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभाअन्तर्गत सम्पन्न निर्वाचनमा एसोसियट सदस्यतर्फको नतिजा सार्वजनिक भएको छ। मतगणनाअनुसार सर्वाधिक मत प्राप्त गर्ने १७ जना उम्मेदवार विजयी भएका छन्।

एसोसियट सदस्यतर्फ सचिन ढकाल सर्वाधिक १३१८ मतसहित विजयी भएका छन्। त्यसैगरी हेमन्त गोल्छाले १२०२, अम्बिका प्रसाद पौडेलले ११८३ र उज्ज्वल कुमार श्रेष्ठले ११४६ मत प्राप्त गरेर बिजयी भएका छन्। यस्तै, शक्ति कुमार बेगानी (११४२), ऋषि अग्रवाल (११२२), राजेश कुमार अग्रवाल (१०८२) र सुयस प्याकुरेल (१०६९) पनि विजयी भएका छन्।

अन्य विजयी हुनेहरूमा सुशील थापा (१०५४), रामशरण भण्डारी (१०४३), बाबु काजी कार्की (१००६), दिवश न्यौपाने (९९१), प्रियराज रेग्मी (९५४), ईश्वर बहादुर जि.सी. (९४५), सुरज उप्रेती (९०७), कृष्ण लाल महर्जन (८७४) र बटु लामिछाने (८६०) रहेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स