खाना पकाउने ग्यास अभावको हल्ला निराधार, दैनिक मागभन्दा बढी आपूर्ति भइरहेको निगमको दाबी

खाना पकाउने ग्यास अभावको हल्ला निराधार, दैनिक मागभन्दा बढी आपूर्ति भइरहेको निगमको दाबी

नेपाल आयल निगमले पछिल्लो समय खाना पकाउने एलपी ग्यास अभाव फैलिएको हल्ला निराधार भएको पुष्टि गर्दै तथ्यांक सार्वजनिक गरेको छ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार, देशमा ग्यास आपूर्ति मागभन्दा बढी भइरहेको छ र उपभोक्तालाई नआत्तिन आग्रह गरिएको छ। नेपालमा दैनिक औसत ९० बुलेट (करिब १ लाख १४ हजार सिलिन्डर) ग्यासको माग भए पनि इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मागभन्दा बढी ग्यास लोडिङ भइरहेको छ।

सार्वजनिक विवरण अनुसार, शनिबार १ सय १८ बुलेट (१ लाख ४९ हजार ५ सय सिलिन्डर), सोमबार १ सय १५ बुलेट (१ लाख ४५ हजार ७ सय सिलिन्डर) र मंगलबार १ सय ३२ बुलेट (१ लाख ६७ हजार ३ सय सिलिन्डर) ग्यास लोडिङ भएको छ। यी सिलिन्डरमध्ये केही नेपाल भित्रिसकेका र केही बाटोमै रहेको जानकारी दिइएको छ।

डा. भट्टले आगामी चुनाव अवधिभरि पनि नियमित ग्यास आपूर्ति जारी रहने दाबी गरेका छन् र उपभोक्तालाई घरमा अनावश्यक रूपमा सिलिन्डर भण्डारण नगर्न आग्रह गरेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स