सत्तारूढ दलको बैठक सम्पन्न, अर्थतन्त्रलाई लयमा ल्याउनेसहित यस्ता विषयमा भए छलफल



Advertisement
Ads

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक सम्पन्न भएको छ। बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकार ल्याउने नीति तथा कार्यक्रमबारे छलफल गरिएको हो।

नेताहरूले अर्थतन्त्रलाई लयमा ल्याउने, बसाइँसराइ रोक्न रोजगारीमूलक कार्यक्रम ल्याउने, विकास आयोजनालाई प्राथमिकताका साथ अघि बढाउने, स्रोतको अपव्यय रोक्ने, सरकारको खर्च क्षमता र कार्य दक्षता वृद्धि गर्ने सुझाव दिएका छन्।


Advertisement

साथै, लोकतन्त्र सुदृढ बनाउने, युवा लक्षित उद्यमशीलता, सिप विकास, स्टार्टअप तथा बजार संरक्षण कार्यक्रम समेट्नुपर्ने र वाह्य सम्बन्ध सुदृढ गर्नुपर्ने कुरामा पनि छलफल भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले पर्सि संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गर्दै छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर