instainsta

सत्तारूढ दलको बैठक सम्पन्न, अर्थतन्त्रलाई लयमा ल्याउनेसहित यस्ता विषयमा भए छलफल

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १७ गते
सत्तारूढ दलको बैठक सम्पन्न, अर्थतन्त्रलाई लयमा ल्याउनेसहित यस्ता विषयमा भए छलफल
AdvertisementAds

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक सम्पन्न भएको छ। बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकार ल्याउने नीति तथा कार्यक्रमबारे छलफल गरिएको हो।

नेताहरूले अर्थतन्त्रलाई लयमा ल्याउने, बसाइँसराइ रोक्न रोजगारीमूलक कार्यक्रम ल्याउने, विकास आयोजनालाई प्राथमिकताका साथ अघि बढाउने, स्रोतको अपव्यय रोक्ने, सरकारको खर्च क्षमता र कार्य दक्षता वृद्धि गर्ने सुझाव दिएका छन्।

साथै, लोकतन्त्र सुदृढ बनाउने, युवा लक्षित उद्यमशीलता, सिप विकास, स्टार्टअप तथा बजार संरक्षण कार्यक्रम समेट्नुपर्ने र वाह्य सम्बन्ध सुदृढ गर्नुपर्ने कुरामा पनि छलफल भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले पर्सि संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गर्दै छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स