रास्वपा सहमहामन्त्री आचार्यले फिर्ता लिए समानुपातिक सूचीबाट नाम

रास्वपा सहमहामन्त्री आचार्यले फिर्ता लिए समानुपातिक सूचीबाट नाम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहान्त्री विपिनकुमार आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। आइतबार उनले रास्वपाले खस–आर्यतर्फको पहिलो नम्बरमा सिफारिस गरेको समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएको जानकारी दिएका छन्।

रास्वपामा हालसम्म एकपछि अर्को गर्दै १३ जनाले नाम फिर्ता लिइसकेका छन्।

आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्, “पार्टीभित्रको आन्तरिक बेथिति होस् वा समग्र राजनीति र देशको बेथिति सफा गर्ने लडाई लड्नका लागि पर्दा पछाडि जति काम गरे पनि एक दिन पर्दा च्यातेर अगाडि आउनै पर्छ। देशले विश्वास गर्ने फेस बन्न जरूरी हुन्छ। ब्याकफुटको लडाइँ लड्नेहरू धेरैजसो टेकन फर ग्रान्टेड लिइन्छन्। त्यसैले अब पालो फ्रन्ट फुटमा खेल्ने। समानुपातिक तर्फको बन्दसूचीको एक नम्बरमा रहेको मेरो नाम फिर्ता लिएर प्रत्यक्ष तर्फको यात्रा अघि बढाउँदै छु। साथ र सहयोगको अपेक्षा गर्दछु।”

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स