राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ। बैठक दिउँसो साढे ३ बजे बनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजना हुने छ।
ठकका लागि आधा दर्जनभन्दा बढी एजेन्डा तय गरिएको छ। मुख्यतः जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च तथा विभागहरूको मनोनयनबारे छलफल हुने छ।
यसका साथै महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, योजनाहरू आह्वान र अन्य विविध विषय पनि एजेन्डामा समेटिएका छन्।
विविध शीर्षकअन्तर्गत प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समिति बैठक, संसदीय दलका लागि प्राविधिक सहयोग तथा लेबी सम्बन्धी विषयमा पनि छलफल हुनेछ।















![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




प्रतिकृया