राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) नेतृत्वको समूह तथा उज्यालो नेपाल पार्टीसँगको एकता प्रक्रिया टुंगो लगाउन एकता समायोजन समिति गठन गरेको छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा शनिबार सात सदस्यीय एकता समायोजन समिति गठन गरिएको हो। पार्टीका एक नेताका अनुसार समितिमा बालेन समूहबाट दुई, उज्यालो नेपाल पार्टीबाट दुई र रास्वपाबाट दुई सदस्य रहने सहमति भएको छ।
यसअघि पुस १३ गते रास्वपा सभापति रवि लामिछाने र बालेनबीच एकता गर्ने सहमतिमा हस्ताक्षर भएको थियो। त्यसको भोलिपल्ट रास्वपा र उज्यालो नेपाल पार्टीबीच पनि एकतासम्बन्धी सहमति भएको थियो।
बालेन समूह र उज्यालो नेपाल पार्टीबीच एकताका विषयमा सहमति भए पनि समायोजन प्रक्रिया भने बाँकी रहेको छ। महामन्त्री बुर्लाकोटीको नेतृत्वमा गठित समितिले यही समायोजन प्रक्रिया टुंगो लगाउनेछ।


















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

प्रतिकृया