नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज चैत्र ११ गते बुधबार रिज लाइन इनर्जी लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको कुल १ करोड १८ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको सिम्बोल (RLEL) रहेको छ।
नेप्सेले पहिलो कारोबारका लागि रिज लाइन इनर्जीलाई न्यूनतम १०० रुपैयाँ र अधिकतम ३०० रुपैयाँ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। उक्त रेञ्जमा चैत्र १२ गते बिहिबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ।



प्रतिकृया