रिज लाइन इनर्जी लिमिटेडले निष्काशन गरेको पहिलो चरणको आईपीओ बाँडफाँड भएको छ। कम्पनीले पुस १३ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर निष्काशन गरेको आईपीओको बाँडफाँड सम्पन्न भएको हो।
कम्पनीले गोरखा र लमजुङका आयोजनाभुक्त स्थानहरूका स्थानीयलाई पुस २८ गतेसम्म आईपीओ निष्काशन गरेको थियो। यसअन्तर्गत, गोरखा अजिरकोट गाउँपालिकाका सबै वडाका स्थानीय, लमजुङ दुधपोखरी गाउँपालिकाका वडा १, २, ३ का स्थानीय र दोर्दी गाउँपालिकाका वडा ४, ५, ६ का स्थानीयलाई जम्मा ११ लाख ८५ हजार कित्ता सेयर बाँडफाँड गरिएको थियो। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार यसमा ४ हजार ६९ जनाले आवेदन दिएका थिए, जसमा ४ हजार ४३ जनाको आवेदन मात्र योग्य ठहरियो।
आवेदनकर्ताले माग अनुसार सेयर पाए। १० देखि ५५० कित्तासम्म माग गर्नेले मागे जति सेयर पाएका छन्। ६०० देखि २० हजार कित्तासम्म आवेदन दिनेले समान ५९० कित्ता सेयर पाएका छन्। थप १० कित्ता सेयर गोलाप्रथाबाट ५५३ जनाले पाएका छन्। यसरी स्थानीय लगानीकर्ताले अधिकतम ६०० कित्ता सेयर प्राप्त गरेका छन्।
त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ लाख ४२ हजार २ सय कित्ता सेयर निष्काशन गरिएको थियो। यसमा कुल ७८ हजार ३ सय ४६ जनाले आवेदन दिएका थिए, जसमा ७० हजार ७ सय ७८ को आवेदन योग्य ठहरियो। मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको थियो। यसमा १४ हजार २ सय २० जनाले १० कित्ताको दरले सेयर पाएका छन् भने बाँकी आवेदक हात खाली भएका छन्।
दुवै समूहको आईपीओ नतिजा केही समयमा प्रकाशित हुने बताइएको छ। आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका आवेदकहरूको बाँडफाँड पूरा भएपछि कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने तयारीमा छ।
आईपीओ नतिजा यी तीन तरिकाबाट हेर्ने सकिन्छ
2. सीडीएससी आइपीओ रिजल्ट पोर्टल
आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी र अन्य विवरणहरू प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।


प्रतिकृया