सरकारले सहकारीमा देखिँदै आएको बेथिति नियन्त्रण गर्न लाभांश वितरणमा कडाइ गरेको छ।
अब सहकारी संस्थाले आफ्ना सेयरधनीलाई १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने भएका छन्। सहकारी ऐन, २०७४ लाई संशोधन गर्दै राष्ट्रपतिमार्फत जारी सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ मार्फत यस्तो व्यवस्था लागू गरिएको हो।
संशोधित प्रावधानअनुसार अब सहकारीले सेयर पुँजीको अधिकतम १५ प्रतिशतसम्म मात्र लाभांश बाँड्न पाउनेछन्। ‘सेयर पूँजीको पन्ध्र प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न पाउने छैनन्,’ अध्यादेशमा उल्लेख छ ।
यसअघि भने सहकारी संस्थाहरूले १८ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने व्यवस्था थियो।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया