नेकपा (एमाले)का सचिव राजन भट्टराईले संसद पुनर्स्थापना भए वर्तमान अप्ठ्यारो राजनीतिक अवस्थाको सबैभन्दा छिटो र सहज समाधान हुने दाबी गरेका छन्।
काठमाडौंमा आयोजित ‘उम्मेदवारसँग संवाद’ कार्यक्रममा बोल्दै उनले संसद पुनर्स्थापना संविधानभित्रकै प्रक्रिया भएकाले राजनीति पुनः लयमा फर्किने र खर्चसमेत कम हुने बताए।
भट्टराईका अनुसार एमालेले संसद पुनर्स्थापना हुनुपर्ने निर्णय यसअघि नै गरिसकेको छ। उनले कानुनी प्रक्रियाबाटै अघि बढ्नुपर्ने भए पनि निर्वाचनबाट पार्टी नभाग्ने स्पष्ट पारे।
उनले भने, “निर्वाचनबाट एमाले भाग्दैन। जनताबाट अनुमोदन हुने जुनसुकै प्रक्रियाका लागि हामी तयार छौँ। तर, हाम्रो मूल एजेन्डा संसद पुनर्स्थापना नै हो।”




















प्रतिकृया