instainsta

अर्थ मन्त्रालयका ९० जना अधिकृतको जिम्मेवारी फेरबदल, कसलाई कहाँको जिम्मेवारी ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ९ गते
अर्थ मन्त्रालयका ९० जना अधिकृतको जिम्मेवारी फेरबदल, कसलाई कहाँको जिम्मेवारी ?
AdvertisementAds

अर्थ मन्त्रालय मातहतका ९० जना शाखा अधिकृतहरूको जिम्मेवारी फेरबदल गरिएको छ। यसअघि मात्र उच्चपदस्थसहित ८० भन्दा बढी कर्मचारी सरुवा भइसकेको अवस्थामा फेरि उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलकै इच्छामा शाखा अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको हो। रसुवागढी भन्सारका रवीन्द्र प्याकुरेललाई आन्तरिक राजस्व विभागमा तानिएको छ भने ठूला करदाता कार्यालय ललितपुरका निर्मलकुमार मैनालीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पठाइएको छ।

यसअघि पनि सहसचिव र उपसचिव स्तरमा सरुवा भएको थियो। वीरगन्ज भन्सार प्रमुख राजेन्द्र ढुङ्गानालाई मन्त्रालयमा तानेर उनको ठाउँमा काजीबाबु कोइरालालाई जिम्मेवारी दिइएको थियो। पछिल्ला एक वर्षमै मन्त्री पौडेलले भन्सार विभागमा चार महानिर्देशक फेरिसकेका छन्। ढुण्डीराज निरौलापछि क्रमशः हरिशरण पुडासैनी, महेश भट्टराई र अहिले श्याम भण्डारीलाई जिम्मेवारी दिइएको छ।

सहसचिव भरतमणि पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशक र टंकनाथ लम्साललाई त्रिभुवन विमानस्थल भन्सार पठाइएको छ। यस्तै, उपमहानिर्देशक जनकराज शर्मालाई आन्तरिक राजस्वमा र रमेश अर्याललाई पनि त्यही विभागमा जिम्मेवारी दिइएको छ। लगातारको सरुवाले बजेट कार्यान्वयन प्रभावित हुने चिन्ता व्यक्त गरिएको छ।

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स