नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पार्टी एकता कार्यक्रममा सहभागी हुन प्रज्ञा भवन पुगेका बेला बुधबार प्रहरीले पक्राउ गरेको छ। जनमत पार्टीसँग हुने भनिएको एकताअघि उनलाई पक्राउ गरिएको हो।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरी पक्राउ परेको कुरा पुष्टि गर्दै विस्तृत जानकारी लिने प्रयास भइरहेको बताएकी छन्। यसअघि जनमत पार्टीका अध्यक्ष सीके राउतले पार्टी एकता प्रक्रिया विफल पार्न आफूलाई ज्यान मार्ने र रेशम चौधरीलाई पुनः पक्राउ गराउने धम्की आएको दाबी गरेका थिए।
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको एकता घोषणा कार्यक्रम रेशम चौधरी पक्राउ परेपछि स्थगित गरिएको छ।







![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)











प्रतिकृया