चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएका रेणु दाहालले जनसमुदायबाट माया, विश्वास र समर्थन पाउँदै आएको बताएकी छन्। निर्वाचन अभियानको क्रममा घरदैलो गरिरहँदा, उनले भरतपुर महानगरपालिकामा दुई कार्यकालमा देखाएको प्रतिबद्धता र इमान्दारिताले जनताबाट विश्वास जितेको उनले बताइन्।
उनी निर्वाचनमा सहभागी भइसकेपछि जित र हार दुवैलाई स्वीकार गर्न तयार रहेको बताउँदै, मतदाताको विश्वासको आधारमा फराकिलो मतान्तरले विजयी हुने आशा व्यक्त गरेकी छिन्। साथै, लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको साथ र सहयोग आवश्यक रहेको उनले जोड दिइन्






















प्रतिकृया