गगन थापालाई रवि लामिछानेको प्रश्न, “२० वर्ष सांसद भएपछि बल्ल कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो?”

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १२ गते
गगन थापालाई रवि लामिछानेको प्रश्न, “२० वर्ष सांसद भएपछि बल्ल कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो?”
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकमा अब विकास निर्माणको युग सुरु भएको दाबी गरेका छन्। केही दिनअघि रास्वपा वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहको अभिव्यक्तिको प्रतिरक्षा गर्दै सभापति लामिछानेले निर्माण व्यवसायीहरू आत्तिन नपर्ने पनि बताएका छन्।

सभापति लामिछानेले भने, “निर्माण व्यवसायीहरू आत्तिनुपर्दैनन्। अब देश विकास निर्माणको बाटोमा अगाडि बढ्यो। बाँध्ने भनेको कानुनले बाँध्ने हो, डोरीले होइन। कानुनअनुसार काम गरे कसैले केही गर्न सक्दैन।”

धनगढीको चुनावी सभामा बालेनले सडक निर्माणमा ढिलासुस्ती गर्नेहरूलाई रुखमा बाँधेर या थुनेर छिटो काम गर्न लगाउन सकिन्छ भन्ने अभिव्यक्ति दिएका थिए।

यस्तै, सभापति लामिछानेले कांग्रेस सभापति गगन थापालाई लक्षित गर्दै टिप्पणी गरे, “२०–२० वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउन १२–१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो तपाईँहरूलाई। बल्ल ज्ञान आयो, तपाईँको ज्ञान तपाईँसँगै राख्नु होला।”

उनले विकास निर्माणमा दुईदेखि तीन शिफ्टमा काम हुन सक्ने जानकारी दिँदै भने, “निर्माण व्यवसायी साथीहरूलाई भन्न चाहन्छु—हुन सकेसम्म दुई–तीन शिफ्टमा काम हुन्छ, रातराति पनि काम गर्न सकिन्छ। उपकरण पर्याप्त छैन भने पनि विज्ञप्ति निकाल्नुपर्दैन, के–के उपकरण ल्याउने हो, कसरी ल्याउने हो ल्याउनुस्। अब नेपाल विकास निर्माणको बाटोमा अघि बढ्छ, कसैले रोक्न सक्दैन।”

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स