रवि लामिछानेले भने, “कुलमान घिसिङसँगको सहमतिलाई औपचारिकता दिने काम अब सुरू हुन्छ”



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिनुभएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताएका छन् ।

आज चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति लामिछानेले भने, “उहाँसँग सरकारमै रहनुभएको समयमा हामीले सहमति गरेका थियौंँ । अब उहाँले राजीनामा दिएर आउनुभएको छ, त्यसैले सो सहमतिलाई पार्टीले औपचारिकता दिने काम सुरु हुन्छ ।”

केही साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबीच सहमति भएको थियो । सो सहमतिअनुसार कुलमान घिसिङलाई उपसभापतिसहित दोस्रो वरियतामा राख्ने निर्णय भएको थियो ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर

Ads will close in 8 seconds
Skip Ad