SHAREHUBSHAREHUB

रवि निर्दोष भएर छुटेका होइनन्, मैले चाहेँ भने भोलि नै खोरमा हाल्दिन सक्छु: युवराज सफल

AdvertisementAds
रवि निर्दोष भएर छुटेका होइनन्, मैले चाहेँ भने भोलि नै खोरमा हाल्दिन सक्छु: युवराज सफल
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएसँगै, युवराज सफलले प्रतिक्रिया जनाएका छन्। विगतमा लामिछानेविरुद्ध नागरिकता लगायतका मुद्दा दायर गरेर चर्चामा आएका सफलले, उनका समर्थकहरूले धेरै खुसी नमनाउन चेतावनी दिएका हुन्।

बिहीबार सामाजिक सञ्जालमार्फत जारी भिडियो सन्देशमा सफलले लामिछाने निर्दोष प्रमाणित भएर वा ‘क्लिन चिट’ पाएका कारण रिहा नभएको बताएका छन्। उनी ठूलो रकम धरौटी बुझाएर मात्रै रिहा हुने अवस्थामा रहेको जिकिर पनि गरे।

सफलले भने, “रवि लामिछानेलाई अदालतले साधारण तारेखमा छोडेको वा क्लिन चिट दिएको होइन। धेरै खुसी नहोऊ। मैले चाहेँ भने भोलि नै खोरमा हाल्न सक्छु।”

उनले लामिछानेले सहकारीको रकम अपचलन गरेको स्वीकारोक्तिको आधारमा धरौटी रकम तोकिएको तर्क पनि राखे। सफलका अनुसार, “आफूले सहकारीमा ठगी गरेको पैसा तिर्न तयार रहेको र तिरेपछि मात्र बाहिर जान पाउने कुरा अदालतले अनुमति दिएको हो। लामिछाने मुद्दा जितेर होइन, धरौटीमा मात्र रिहा हुन लागेको हो। अनुसन्धान र मुद्दाको प्रक्रिया अझै बाँकी छ।”

उच्च अदालत तुलसीपुर–बुटवल इजलासले बिहीबार सुनुवाइ गर्दै सहकारी ठगी मुद्दामा २ करोड ६८ लाख रुपैयाँ धरौटी बुझाएपछि लामिछानेलाई रिहा गर्न आदेश दिएको थियो। न्यायाधीश बाशुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले आदेश सुनाएका हुन्।

AdvertisementAds

उच्च अदालतको आदेशको कागजात जिल्ला अदालतमा शुक्रबार पुग्ने बताइएको छ। आवश्यक प्रक्रिया पूरा भएपछि लामिछाने भैरहवास्थित जिल्ला अदालतमा उपस्थित भएर धरौटी बुझाइ रिहा हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स