राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार बिहान ८ बजे केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक बोलाएको छ ।
प्रवक्ता मनिष झाका अनुसार बैठकमा सातवटा एजेन्डामा मुख्य छलफल हुनेछ ।
ती एजेन्डामध्ये समसामयिक अवस्था, प्रदेश बैठकहरूबाट प्राप्त विवरण (सभापतिहरूको प्रतिवेदन), परिवर्तित परिस्थितिमा केन्द्रीय सदस्यहरूको धारणा, पार्टी संगठन तथा विभाग सम्बन्धी विषय सामेल छन् ।
त्यस्तै, आगामी प्रतिनिधि सभा निर्वाचन रणनीति, पार्टीको ऐतिहासिक महाधिवेशन र अन्य विविध विषयहरूबारे पनि बैठकमा छलफल हुने उनले जानकारी दिए ।



















![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)

प्रतिकृया