SHAREHUBSHAREHUB

रन्जु दर्शनाले हर्क साम्पाङलाई रवि–बालेनसँग मिसिन गरिन् आग्रह

AdvertisementAds
रन्जु दर्शनाले हर्क साम्पाङलाई रवि–बालेनसँग मिसिन गरिन् आग्रह
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ रन्जु दर्शनाले देश निर्माणका लागि सबै क्षेत्रका व्यक्तिहरू एक हुनुपर्नेमा जोड दिँदै धरानका मेयर हर्क साम्पाङलाई पनि रवि लामिछाने र बालेन शाहसँगको सहकार्यमा जोडिन आग्रह गरेकी छन्।

मंगलबार काठमाडौंको बिग मुभिजमा चलचित्र ‘झरीपछिको इन्द्रेणी’ हेरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै दर्शनाले पछिल्लो समय रवि लामिछाने र बालेन शाहबीच बढेको निकटतालाई देशका लागि सकारात्मक सन्देशको रूपमा व्याख्या गरिन्। उनले भनिन्, “तीनै जना (रवि, बालेन, कुलमान) जो पहिल्यै मिलिनै रहेन, अहिले मिल्नुभएको छ, यो देशका लागि एकदमै सकारात्मक सन्देश हो। अब हर्क साम्पाङजी पनि जोडिनुभयो भने झन् सुनमा सुगन्ध हुन्छ।”

हर्क साम्पाङले गरिरहेको विरोधलाई सामान्य रूपमा लिँदै उनले भने, “एउटै घरमा बस्दा कहिलेकाहीँ खुट्टा ठोक्किनु स्वाभाविक हो। मेरो चाहना छ, हर्कजी पनि चाँडै हामीसँग जोडिऔँ, हामी मिलौँ।”

गर्भवती अवस्थामा रहेकी दर्शनाले चुनावी अभियानमा सक्रिय रहने पनि बताइन्। उनले भनिन्, “म अझै एक महिना एक्टिभ रहन सक्छु। मेरो शरीरले साथ दिएसम्म म हरेक ठाउँमा पुग्छु। डेलिभरीको अघिल्लो दिनसम्म पनि चुनावी क्याम्पेनमा सहभागी हुने इच्छा छ। मातृत्व र नेतृत्व सँगसँगै लैजान सकिन्छ भनेर देखाउन चाहन्छु।”

रास्वपाको समानुपातिक सूचीमा कलाकारहरूलाई समावेश गर्ने विषयमा उठेको विवादसम्बन्धी प्रश्नमा उनले देश निर्माणमा सबै क्षेत्रका प्रतिनिधित्व आवश्यक रहेको बताइन्। “कलाकार भेटिनै नहुने भन्ने होइन, देश बनाउन कलाकार, व्यवसायीदेखि भुइँमान्छेसम्म सबै एकजुट हुनुपर्छ,” उनले भनिन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स