राधी विद्युत कम्पनीको नाफा ८११% ले बढ्दा, ईपीएस पुग्यो ६१ रुपैयाँ

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २५ गते
राधी विद्युत कम्पनीको नाफा ८११% ले बढ्दा, ईपीएस पुग्यो ६१ रुपैयाँ

राधी विद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा ८११.६२ प्रतिशतले बढेर २७ करोड ८५ लाख रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले ३ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो। बिद्युत बिक्रि आम्दानीमा सामान्य वृद्धि देखिएपनि कम्पनीको अन्य आम्दानी उल्लेख्य बढेका कारण कम्पनीको नाफा बढेको हो।

🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४.४५ प्रतिशतले बढेर ४ करोड ६ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीले ३५ करोड ७० लाख रुपैयाँ अन्य आम्दानी गरेको छ, जसका कारण कम्पनीको सञ्चालन मुनाफा १,३९६.०७ प्रतिशतले बढेर ३७ करोड ३ लाख पुगेको छ। गत वर्ष कम्पनीको सञ्चालन मुनाफा २ करोड ४७ लाख रुपैयाँ मात्र थियॊ।

समीक्षा अवधमिा भने कम्पनीको वित्त आम्दानी १ करोड ७५ लाख रुपैयाँबाट घटेर २४ लाख ८३ हजार रुपैयाँमा सिमीत भएको छ भने, वित्त खर्च ३१ लाख १७ हजारबाट बढेर ७६ लाख ६६ हजार पुगेको छ । असोज मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब ८३ करोड ८९ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी ९७ करोड ५१ लाख रुपैयाँ रहेको छ।

कम्पनीको कुल सम्पत्ति ५९ करोड ७३ लाख रुपैयाँ र कुल चालु दायित्व ११ करोड ४७ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५३ रुपैयाँ ६२ पैसा बढेर ६० रुपैयाँ ६८ पैसा पुगेको छ।

यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ०३ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८० रुपैयाँ ८४ पैसा, तरलता अनुपात ५.२० प्रतिशत र मूल्य आम्दानी अनुपात १०.४३ गुणा रहेको छ।

RADHI 1 https://bajarkochirfar.com/radhi-bidyut-companys-profit-increases-by-811-eps-reaches-rs-61 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स