राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा आफूलाई लगाइएको आरोपमा आफ्नो भूमिका स्पष्ट पारेका छन्। लामिछानेले गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक तथा सञ्चालक समितिको सदस्य हुँदा कुनै वित्तीय जिम्मेवारीमा नरहेको बताएका छन्।
लामिछानेले आफ्नो बयानमा गोरखा मिडिया नेटवर्कका खाताहरूको चेकमा हस्ताक्षर गरे पनि, त्यो नयाँ टेलिभिजन स्थापना प्रक्रिया ढिलो नहोस् भन्ने उद्देश्यले मात्र भएको दाबी गरेका छन्। उनले गोरखा मिडियामा आफूले कुनै पनि लगानी नगरेको र चेकहरू जारी गर्दा लगानीकर्ता गितेन्द्रबाबु राईको पूर्ण निगरानी र अनुमतिमा मात्र हुने गरेको स्पष्ट पारे। उनका अनुसार, भुक्तानीसँग सम्बन्धित कुनै पनि निर्णय र प्रक्रिया लगानीकर्ता तथा व्यवस्थापकहरूको सहमति र अनुमतिबाट मात्र सम्भव हुन्थ्यो।
लामिछानेले गितेन्द्रबाबु राई र छविलाल जोशीबीचको सम्झौता तथा लगानीको स्रोतबारे आफू अनभिज्ञ रहेको बताएका छन्। उनले सहकारीबाट रकम ल्याउने कुनै प्रक्रिया वा योजनामा आफ्नो कुनै संलग्नता नरहेको पनि दाबी गरेका छन्। संस्थाको प्रारम्भिक समयमा गितेन्द्रबाबु राईले व्यक्तिगत रूपमा ऋणको व्यवस्था गरेको र त्यो कसरी गरियो भन्नेबारे आफूलाई जानकारी नभएको लामिछानेले बताए।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। अभियुक्तहरूमाथि एक अर्ब १९ करोड ४९ लाख रुपैयाँभन्दा बढीको बिगो कायम गर्दै ३९ जना विरुद्ध मुद्दा चलाइएको छ। अभियुक्तमा ओखलढुंगाका गितेन्द्रबाबु राई, पूर्व डीआईजी छविलाल जोशी, र रवि लामिछाने समेत रहेका छन्।
काठमाडौं प्रहरीले बिहीबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएपछि उक्त प्रकरणमा मुद्दा दर्ता भएको हो। अब अदालतमा यो मुद्दाको विस्तृत सुनुवाइ हुनेछ।















![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




प्रतिकृया