‘रवि लामिछाने कारागारबाट निस्कनु फौजदारी अपराध भएकाले सुक्ष्म अनुसन्धान गरेर कारबाही गर्नू’

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १४ गते
‘रवि लामिछाने कारागारबाट निस्कनु फौजदारी अपराध भएकाले सुक्ष्म अनुसन्धान गरेर कारबाही गर्नू’

राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट बाहिरिएका राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेमाथि अनुसन्धान गरी कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।

बुधबार सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनमा लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको उल्लेख गर्दै उक्त कार्य कानुनविपरीत भएको आयोगले जनाएको छ।

उक्त घटना आम नागरिकको मानवअधिकार उल्लंघन हुने कार्य भएको र त्यसमा लामिछानेसँगै नख्खु कारागारका प्रशासक सत्यराज जोशीको पनि संलग्नता देखिएको आयोगको निष्कर्ष छ। आयोगले यसलाई मानवअधिकार उल्लंघन मात्र नभई फौजदारी अपराधसमेत भनेको छ।

‘रवि लामिछाने कारागारबाट बाहिर निस्कनुमा को कसको कस्तो संलग्नता थियो भन्ने सम्बन्धमा नख्खु कारागारका प्रशासक (जेलर) सत्यराज जोशी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई छुटाउन भनी ठूलो समूह सहित गएका तत्कालीन सांसद् तथा राष्ट्रिय स्वतन्त्र पार्टीका जिम्मेवार नेताहरु मनिष झा, हरि ढकाल समेतलाई शंकाको दायरामा राखी सूक्ष्म अनुसन्धान गरी दोषी पत्ता लगाई कानुनबमोजिम कारबाही गर्न।’सिफारिस गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स