राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूविरुद्धको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशविरुद्ध सर्वोच्च अदालत गएका छन्। लामिछानेले आफ्नो कानुन व्यवसायीमार्फत शुक्रबार सर्वोच्चमा निवेदन दर्ता गरेका हुन्।
उक्त मामला बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित छ, जहाँ उच्च अदालत तुलसीपुर, बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो। यस आदेशविरुद्ध लामिछानेले फौजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार सर्वोच्च अदालतमा निवेदन दिएका छन्।
यसअघि, गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसँग १ करोड धरौटी रकम माग गरेको थियो। लामिछानेले उक्त आदेशसँग असहमत भएर उच्च अदालतमा निवेदन दिएका थिए, र सरकारी वकिल कार्यालयले पनि धरौटीमा रिहा गर्ने आदेशविरुद्ध निवेदन दिएको थियो। त्यसपछि, उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले लामिछानेलाई थुनामा पठाउने आदेश दिएका थिए।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया