रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २५ गते
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्। बैठक आज सोमबार बिहान ९ बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिको हलमा बस्नेछ।

बैठकमा प्रतिनिधिसभा तथा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष/सभापतिसहित दुई/दुई जना प्रतिनिधिलाई आमन्त्रण गरिएको छ। समसामयिक राजनीतिक विषयमा साझा धारणा निर्माण र छलफल गर्ने उद्देश्यले बैठक आयोजना गरिएको रास्वपाले जनाएको छ।

सर्वदलीय बैठकको सूचना तथा औपचारिक आमन्त्रण पत्र प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पठाइसकिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स