कतार एयरवेजले अष्ट्रेलियाको दोस्रो ठूलो एयरलाइन भर्जिनअष्ट्रेलियाको २५% सेयर खरिद गर्न अष्ट्रेलियन सरकारबाट अनुमति प्राप्त गरेको छ।अष्ट्रेलियन सरकारको विदेशी लगानी समीक्षा बोर्ड (FIRB) ले फेब्रुअरी २७, २०२५ मा अनुमोदन दिएको घोषणा गरेको हो। यसअघि अष्ट्रेलियन प्रतिस्पर्धा तथा उपभोक्ता आयोग (ACCC) ले पनि स्वीकृति दिने संकेत गरिसकेको थियो। अन्तिम अनुमतिका लागि मार्च वा अप्रिल २०२५ मा टुंगो लाग्ने बताइएको छ।
कतार एयरवेजको प्रवेशपछि पनि भर्जिन अष्ट्रेलियाका हालका लगानीकर्ता बेन क्यापिटल, भर्जिन ग्रुप र क्वीन्सल्याण्ड इन्भेस्टमेन्ट कर्पोरेशनले आफ्नो स्वामित्व कायम राख्नेछन्। भर्जिन अष्ट्रेलियाका प्रमुख कार्यकारी जेन हर्डलिकाले यस लगानीलाई कम्पनीका लागि नयाँ युगको सुरुवात भनेकी छन्। उनले कतार एयरवेजको साझेदारीले भर्जिन अष्ट्रेलियालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
यस सहकार्यसँगै भर्जिन अष्ट्रेलियाले लामो दूरीका अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्ने योजना बनाएको छ। यदि अनुमतिहरू सहजै प्राप्त भएमा, भर्जिन अष्ट्रेलियाले सिड्नी, ब्रिस्बेन, पर्थ र मेलबर्नबाट कतारको दोहासम्मको उडान २०२५ को अन्त्यसम्म सुरू गर्नेछ। यी उडानहरू कतार एयरवेजका बोइङ ७७७-३००ईआर जहाज प्रयोग गरेर गरिनेछन्।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया