अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म पुष्पा २ मंसिर २० देखि विश्वभर रिलिज हुँदैछ, र यसको अग्रिम बुकिङ भारतका प्रमुख शहरहरू मुम्बई, दिल्ली, बेंगलुरु र चण्डीगढमा धमाधम भइरहेको छ। दिल्लीमा टिकटको मूल्य २४ सय भारतीय रुपैयाँ पुगेको छ, र मुम्बई, बेंगलुरुमा टिकट रु १६०० देखि रु १००० सम्मको छ।
अब पुष्पा २ ले बक्स अफिसमा रेकर्ड तोड्ने अनुमान गरिएको छ, र फिल्मले पहिलो दिनमा ३०० करोड भारु कमाउने प्रक्षेपण छ। ७५ हजार टिकट राष्ट्रिय मल्टिप्लेक्स चेनहरूमा बिक्री भइसकेका छन्, र बिहारमा हिन्दी संस्करणको अग्रिम बुकिङमा ३.४८ लाख टिकट बिक्री भएको छ।
फिल्मको डिजिटल अधिकार नेटफ्लिक्सले थियटर रिलिज पछि अधिग्रहण गरेको छ। पुष्पा २ १२ हजार स्क्रिनमा रिलिज हुने जानकारी पनि दिइएको छ, जसले यसलाई २०२४ को सबैभन्दा ठूलो फिल्म बनाउन सक्छ।
नेपालमा भारतीय फिल्महरूको टिकट मूल्य प्रायः ३०० देखि ५०० रुपैयाँको बीचमा हुने गर्दछ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया