लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा
लुम्बिनी प्रदेश सरकारले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा भोली (माघ २) गते सार्वजनिक बिदा दिने भएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार, माघे संक्रान्ति तथा माघ पर्वलाई ध्यानमा राख्दै प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
यो निर्णय लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले गरेको हो। माघे संक्रान्ति र माघ पर्व प्रदेशभर विशेष रूपमा मनाइने भएकाले यो अवसरमा बिदा दिइँदै आएको छ।