भोलि लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

भोलि लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
AdvertisementAds

लुम्बिनी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ। यस बिदा प्रदेश स्थापना दिवसको अवसरमा दिइएको हो। प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले सोमबार नै सार्वजनिक विज्ञप्तिमार्फत यस बिदाको जानकारी दिएका थिए।

लुम्बिनी प्रदेश सभा २०७४ माघ २१ गते स्थापना भएको थियो र यस वर्ष प्रदेश सरकारको स्थापना भएको आठ वर्ष पूरा भएको छ। २०८० साल अघि लुम्बिनी सरकारले हरेक वर्ष माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसको रूपमा मनाउँदै आएको थियो। तर २०८० सालदेखि यी दुई दिवसलाई एउटै दिनमा मनाउने गरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रूपमा मनाउन थालिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स