बागमती प्रदेश सरकारले आज (वैशाख २४) गते ‘सरकारी कामकाजको भाषा सम्बन्धी दिवस’को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ। तर, यस बिदाको असर सेयर बजारमा भने नपर्ने भएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुरहरि पराजुलीका अनुसार बागमती प्रदेशमा सार्वजनिक बिदा भए पनि सेयर कारोबार भने खुल्नेछ।
बिदासम्बन्धी निर्णय बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले वैशाख १२ गते बसेको मन्त्रिपरिषद्को बैठकमार्फत गरेको हो। नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिइएको अवसरमा यो बिदा दिइएको हो। उक्त निर्णय वैशाख २० गते बागमती प्रदेश राजपत्रमा प्रकाशित गरिएको थियो।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया