राइड सेयरिङको विरोधले यातायात सेवा ठप्प, समाधानका लागि गृहमन्त्रालयमा दुबै पक्षबीच वार्ता जारी

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १९ गते
राइड सेयरिङको विरोधले यातायात सेवा ठप्प, समाधानका लागि गृहमन्त्रालयमा दुबै पक्षबीच वार्ता जारी

गृहमन्त्री रमेश लेखकले सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका पदाधिकारीहरूलाई छलफलका लागि गृहमन्त्रालय बोलाएका छन्।

हाल गृहमन्त्रालयमा दुबै पक्षबीच वार्ता जारी रहेको छ। यातायात व्यवसायीहरूले विभिन्न मागहरू राख्दै आन्दोलन गर्दै आएका छन्, जसका कारण आज देशभर सार्वजनिक यातायात सेवा पूर्ण रूपमा ठप्प रहेको छ।

आन्दोलनको मुख्य कारण ‘राइड सेयरिङ’प्रति उनीहरूको विरोध हो। व्यवसायीहरू राइड सेयरिङ सेवा खारेज गर्नुपर्ने माग गर्दै सडक आन्दोलनमा उत्रिएका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स