नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री आउनुहुन्‍न, अर्थमन्त्रीलाई तोक्नुभएको छ : रास्वपा

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ३० गते
नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री आउनुहुन्‍न, अर्थमन्त्रीलाई तोक्नुभएको छ : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन शाह आज प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने जानकारी दिएका छन्।

संसद्मा विपक्षी दलको अवरोध भइरहेका बेला बुर्लाकोटीले मुख्यसचिवमार्फत प्रधानमन्त्री नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नहुने सूचना आएको बताए।

उनले संसदलाई प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जवाफ दिन तोकिएको जानकारी गराए।

प्रधानमन्त्री अनुपस्थित रहनेपछि संसद्मा विपक्षी दलहरूले चर्को विरोध जनाइरहेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स