प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान्, दुर्गा प्रसाद सुवेदी, स्वास्थ्य समस्याका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका छन्।
अस्पताल स्रोतका अनुसार, सुवेदीमा पिसाबको संक्रमण, शरीरमा नुनको मात्रा कम हुनु, र रिंगटा लाग्ने समस्या देखिएका छन्। उनी यसअघि प्रोस्टेटको शल्यक्रिया गराइसकेका थिए। संक्रमणका कारण नयाँ समस्या देखा परेको भन्दै बिहीबार अस्पताल भर्ना गरिएको हो।
उपचारमा संलग्न चिकित्सकले अन्य थप समस्या सार्वजनिक गर्न चाहेका छैनन्। अहिले उनलाई क्याबिनमा राखेर उपचार भइरहेको छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार, उनको उपचारबारे चिकित्सकहरूसँग थप परामर्श भइरहेको छ।
स्रोतले बताएअनुसार, “उहाँ यसअघि पनि बेला बेलामा बिरामी भइरहनुहुन्थ्यो। अस्पताल जाने–आउने चलिरहेको छ। पछिल्लो समस्याबारे चिकित्सकसँग सल्लाह भइरहेको छ।”














![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)



प्रतिकृया